Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • महेश बस्नेत र बद्री केसीविरुद्ध प्रहरी वृत्तमा उजुरी

    महेश बस्नेत र बद्री केसीविरुद्ध प्रहरी वृत्तमा उजुरी

    अनलाइन नेपाल
  • मंगलबार, १४ कार्तिक २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । एनआरएनएका अध्यक्ष बद्री केसी र नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि कुटपिट भएपछि ओम शर्माले काठमाडौंको दरबारमार्गस्थित प्रहरी वृत्तमा उजुरी दिएका हुन् ।

    एनआरएनएको कार्यालयमा युवा संघको कार्यक्रम किन गरेको भनी प्रश्न उठाउँदा आफूमाथि कुटपिट भएको शर्माको आरोप छ । एनआरएनए समानान्तर कमिटीका अध्यक्ष आरके शर्मामाथि युवा संघका कार्यकर्ताले मंगलबार दुर्व्यवहार गरेका थिए भने शर्मामाथि कुटपिट गरेको उनीहरुको दाबी छ ।



    एमाले नेता बस्नेत समेतको सहभागितामा कार्यालयको हलमा कार्यक्रम भइरहेका बेला अध्यक्षमा पराजित भएपछि समानान्तर कमिटि गठन गरेका आरके शर्मासहितको टीम पुगेपछि विवाद र हातपात भएको बताइएको छ ।



    घटनामा बेल्जियम निवासी अभियन्ता तथा पत्रकार शर्माको दाँतमा चोट लागेको बताइएको छ । अध्यक्ष बद्री केसीसहित एनआरएन नवनिर्वाचित टिमको स्वागत कार्यक्रममा एमाले नेता बस्नेत सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार