Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • महेश बस्नेत सहभागी एनआरएनएको कार्यक्रममा झडप, युवा संघका कार्यकर्ताद्वारा ओम शर्मासहितका अभियन्ता कुटिए

    महेश बस्नेत सहभागी एनआरएनएको कार्यक्रममा झडप, युवा संघका कार्यकर्ताद्वारा ओम शर्मासहितका अभियन्ता कुटिए

    अनलाइन नेपाल
  • मंगलबार, १४ कार्तिक २०८०
  • 2.7K
    SHARES

    काठमाडौं। बालुवाटारस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यालयमा झडप भएको छ । एमाले नेता महेश बस्नेत समेतको सहभागितामा कार्यालयको हलमा कार्यक्रम भइरहेका बेला अध्यक्षमा पराजित भएपछि समानान्तर कमिटि गठन गरेका आरके शर्मासहितको टीम पुगेपछि विवाद र हातपात भएको हो । घटनामा बेल्जियम निवासी अभियन्ता तथा पत्रकार ओम शर्माको दाँतमा चोट लागेको बताइएको छ ।

    अध्यक्ष बद्री केसीसहित एनआरएन नवनिर्वाचित टिमको स्वागत कार्यक्रममा एमाले नेता बस्नेत सहभागी थिए । दिउसो दुई बजेतिर आरके शर्माको टिम कार्यालय प्रवेश गरेपछि युवा संघका कार्यकर्ताहरुले हातपात गरेको शर्मा पक्षको आरोप छ ।



    युवा संघका कार्यकर्ताले दुर्व्यवहार गरेपछि आरके शर्मा त्यहाँबाट फर्किए पनि उनको समूहमाथि आक्रमण भएको थियो । तर, बद्री केसी पक्षले भने पराजित पक्षले वाईसीएल लिएर कार्यालय कब्जा गर्न खोजेपछि कार्यक्रममा सहभागी युवा संघका कार्यकर्ताले रोक्ने क्रममा विवाद बढेको जनाएको छ । माओवादी कार्यकर्ता बोकेर कार्यालय प्रवेश गरेका आरके शर्माका केटाहरुले पहिले हातपात गरेपछि झडप भएको सिग्देल पक्षको दावी छ ।



    बधाइ दिन गएको महेश बस्नेतको टोलीले भिडिओ खिच्दै मुख छाडेपछि विवाद हुँदा मोबाइल खोस्ने क्रममा ओम शर्माको ओठमा चोट लागेको बताइएको छ ।

    आरके शर्माले आफूहरुमाथि युवासंघबाट आक्रमण भएको छ भएको भन्दै घटनाको निन्दा गरेका छन् । घटनापछि संघको कार्यालयमा अहिले प्रहरी पुगिसकेको छ । घटनापछि महेश बस्नेतसहिका युवासंघका कार्यकर्ता भने बाहिरिसकेका छन् ।

    कुटाइ खाएका ओम शर्माले भने आफू पत्रकारको भूमिकामा कार्यालयमा पुगेर बुझ्न खोज्दा युथ फोर्सको कार्यक्रम भएको प्रतिकृया दिएको बताए । एनआरएनएको कार्यालयमा कसरी युथ फोर्सको कार्यक्रम भयो ? भन्ने प्रश्न गर्दा युथ फोर्सका कार्यकर्ताहरुले आफूमाथि आक्रमण गरेको बताएका छन् । युथ फोर्सका कार्यकर्ताहरुले किन फोटो खिचेको भन्दै मोबाइल खोसेर जथाभावि पिटेको उनले बताएका छन् ।

    संघको ११ औँ महाधिवेशनमा बद्री केसी निर्वाचित भएपछि अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठले मतपरिणाम स्वीकार गरेका छैनन् । बद्रीलाई अध्यक्ष अस्वीकार गर्दै शर्माको नेतृत्वमा एनआरएनएको नयाँ कार्यसमिति तय भएको छ । शर्माले आफूलाई आधिकारिक दाबी गर्दै आएपनि कार्यालयमा प्रवेश पाएका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार