Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एनआरएन निर्वाचन विवाद : भोटिङको जिम्मा पाएको अष्ट्रेलियन कम्पनीसँग सत्य तथ्य माग

    एनआरएन निर्वाचन विवाद : भोटिङको जिम्मा पाएको अष्ट्रेलियन कम्पनीसँग सत्य तथ्य माग

    अनलाइन नेपाल
  • शुक्रबार, ३ कार्तिक २०८०
  • 783
    SHARES

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को ११औं महाधिवेशनमा अनलाइन भोटिङ प्रणाली नै कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगेपछि भोटिङको जिम्मा पाएको कम्पनीसँग सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु भएको छ ।

    अनलाइनमार्फत् भएको भोटिङमा एकजना उम्मेदवारको नेपालबाट प्राप्त मत शून्य देखिएपछि निर्वाचन कमिटीले सत्यतथ्य बुझ्न अनलाइन भोटिङको जिम्मा पाएको कम्पनीसँग परामर्श गरिरहेको छ ।



    प्रमुख निर्वाचन अधिकृत यादवप्रसाद ढुंगानाले अनलाइन भोटिङ गराउने जिम्मा पाएको अष्ट्रेलियाको भेरो भोटिङ कम्पनीसँग सत्य तथ्य बुझ्ने काम भइरहेको बताए । ‘उनले भने–‘शून्य मत आएको विषयमा भेरो भोटिङ कम्पनीलाई अनलाइनमार्फत पत्राचार गरेका छौं । त्यसबाट वास्तविक जानकारी लिई सत्यतथ्य व्यहोरा सार्वजनिक गर्छौं ।’



    गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदले अनलाइन भोटिङका लागि अष्ट्रेलियाको भेरो भोटिङ कम्पनीलाई जिम्मा दिएको थियो । कम्पनीले इमेलबाट पठाएको विवरण प्राप्त हुनासाथ पाँच सदस्यीय निर्वाचन कमिटीले नतिजा सार्वजनिक गरेको थियो ।

    निर्वाचन कमिटीले सार्वजनिक गरेको मत परिणाममा बद्री केसी विजयी भएको घोषणा गरिएको थियो । उपाध्यक्षका एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट प्राप्त मत भने शून्य देखिएपछि निर्वाचनको विश्वसनीयतामा प्रश्न उठेको थियो ।

    केसीका प्रतिद्वन्द्वीलगायतले निर्वाचनमा धाँधली भएको भन्दै रद्द गर्न माग गरेका छन् । उपाध्यक्षमा विजयी घोषणा गरिएका खगेन्द्र न्यौपानेले समेत निर्वाचनमा धाँधली भएको भन्दै आफू विजयी भएको नतिजालाई नस्वीकार्ने बताएका छन् ।

    महासचिवका एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखाइएपछि उम्मेदवारहरुले मत परिणाममाथि शंका गरेका हुन् । काठमाडौंबाट ८०० भन्दा धेरैले मत खसालेका थिए । उम्मेदवार आफैंले आफैंलाई भोट नहाल्ने अवस्था हुन नसक्ने भन्दै घोषणा गरिएको मत परिणामप्रति आक्रोश व्यक्त भएको हो ।

    निर्वाचन समितिले हिजो काठमाडौंस्थित सोल्टी होटदमा भएको निर्वाचनमा बद्री केसी १३७८ मत ल्याएर विजयी भएको घोषणा गरेको छ भने आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको घोषणा गरेको छ ।

    मत परिणाम घोषणासँगै केसीका प्रतिस्पर्धी शर्मा र श्रेष्ठले नतिजा स्वीकार नगर्ने बताएका छन् । मतदातालाई सम्बोधन गर्दै प्रतिस्पर्धी श्रेष्ठले भने–‘यो निर्वाचन रद्द हुनुपर्छ, त्यति मात्र हैन यसमाथि गम्भीर छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्छ ।’ निर्वाचित भनिएको नयाँ कार्यसमिति भंग गरेर नयाँ निर्वाचन गराउनुपर्ने श्रेष्ठले बताए ।

    अर्का प्रत्यासी आरके शर्माले अब गैरआवासीय नेपाली संघ शून्यमा गएको भन्दै परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्ने बताए । अनलाइन भोटिङ सिस्टम ह्याक गरी मत परिणाम उल्ट्याइएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार