Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपालमा पर्यटन प्रवर्द्धन र वैदेशिक लगानीको सम्भाव्यता अध्ययनका लागि हङकङबाट आएको टोली पोखरामा

    नेपालमा पर्यटन प्रवर्द्धन र वैदेशिक लगानीको सम्भाव्यता अध्ययनका लागि हङकङबाट आएको टोली पोखरामा

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 1.5K
    SHARES

    पोखरा । प्राकृतिक स्रोत र सम्पदाले भरिपूर्ण नेपालमा पर्यटन प्रवर्द्धन र वैदेशिक लगानीको सम्भाव्यता अध्ययनका हङकङबाट आएको टोली पर्यटकीय राजधानी पोखरामा आईपुगेको छ ।

    चैत १६ गते विश्वव्यापी गैरआवासीय नेपाली संघ (जीएनआरएनए) हङकङका उपाध्यक्ष एवं युवा व्यवसायी आकाश बञ्जाराको नेतृत्वमा एक प्रतिनिधिमण्डल नेपाल आएको थियो ।



    ‘परिवर्तनको शुरुवात’ भन्ने मुल नाराका साथ उक्त प्रतिनिधिमण्डललाई लिएर बञ्जारा आज नेपाल आएका हुन् ।



    नेपाल सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरे लगत्तै जीएनआरएनएले हङकङको व्यापारिक समूहलाई वैदेशिक लगानीको सम्भाव्यता अध्ययनका लागि नेपाल ल्याएको हो ।

    नेपालमा हङकङ र चिनियाँ लगानीकर्ताहरुले साना व्यापार व्यवसायदेखि ठूला हाइड्रोमा समेत लगानी गर्दै आएका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत ४ गते आइतबार पोखरा महोत्सवको अवसरमा पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका थिए । पोखरा प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै प्रधानमन्त्रीले नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् ।

    बञ्जारा सहितको प्रतिनिधिलाई जीएनआरएनए हङकङका संस्थापक एवं सफल युवा व्यवसायी त्रिलोक गुरुङ, जीएनआरएनएका अध्यक्ष पूर्णबहादुर राना र महासचिव सागर थापाले विदाइ गरेका थिए ।

    नेपालमा पर्यटन प्रवर्द्धन र वैदेशिक लगानीको सम्भाव्यता अध्ययनका लागि प्रस्थान गर्न लागेको टोलीलाई विदाई गर्दै गुरुङ, राना र थापाले सफलताको शुभकामना प्रदान गरेका थिए ।

    सम्भाव्यता अध्ययनका लागि आएको हङकङको उक्त टोलीले कुन–कुन क्षेत्रमा लगानी गर्न सकिन्छ भनेर अध्ययन गर्ने र उक्त लगानी भित्र्याउन जीएनआरएनए हङकङले सहयोग गर्ने उपाध्यक्ष बञ्जाराले बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार