Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एनआरएनएका निर्वाचित अध्यक्ष केसी र ‘हरूवा’ अध्यक्ष आरकेबीच गोप्य वार्ता

    एनआरएनएका निर्वाचित अध्यक्ष केसी र ‘हरूवा’ अध्यक्ष आरकेबीच गोप्य वार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १० कार्तिक २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद देखावटी मात्रै रहेको पुष्टि भएको छ । काठमाडौंमा सम्पन्न निर्वाचनबाट एनआरएनएको अध्यक्षमा निर्वाचित भएका डा. बद्री केसी र चुनावमा धाँधली भएको आरोप लगाउँदै समानान्तर कमिटि गठन गरेको अर्का अध्यक्ष आरके शर्माबीच भएको गोप्य भेटले उनीहरुको असली अनुहार बाहिर आएको हाे ।

    विहिबार। (हिजो) ठमेलस्थित हिमालयन जाभामा करिब ३० मिनेट गोप्य भेटवार्ता भएको थाहा पाएपछि एनआरएनए सदस्यहरु भने आफूहरुलाई उल्लु बनाइएको भन्दै अब दुबैलाई अध्यक्ष मान्न तयार नभएको बताउन थालिसकेका छन् ।



    एनआरएनए एक सदस्यले त सामाजिक सञ्जालमा अध्यक्षद्वयको गाेप्य भेटकाे फोटोसहित स्टाटस लेखेर उनीहरूकाे असली अनुहार कस्तो रहेछ भन्ने खुलाएका छन् । उनले लेखेका छन्–‘गैर आबसिय नेपाली संघको चुनाब भर्खरै सम्पन्न भै समानान्तर सगठन गठन गरेर अध्यक्ष पड्काएका र चुनाबी नतिजा आफ्नो पोल्टामा पर्यो भन्दै बिजय उत्सव मनाउने यी दुबै फटाहाहरुलाई आज छ बजे ठमेलको हिमालयन जाभामा एउटै टेबुलमा बसेर कफी पिएको देखेर म छक्क परे ।’



    निर्वाचित र हरुवा अध्यक्षको गोप्य भेटको चाँजोपाँजो भने आफूलाई एनआरएनए अभियान्ता बताउने डिबी क्षेत्रीले मिलाएका थिए । फोटोमा पनि उनीहरु तीन जना बसेको देखिन्छ । ‘विश्वभर रहेको गैर आबासीय नेपालीहरुको आँखामा छारो हालेर संस्थालाई नै तहस नहस पर्ने फटाहाहरुलाई गैर आबासीय नेपालीहरुको नेता भनेर मान्नु पर्ने बाध्यता भएको छ ।’ उनले अगाडि लेखेका छन् ।

    निर्वाचनमा आफू पराजित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहाँ पुगेर समापन कार्यक्रममा समेत उपस्थित नहुन आग्रह गरेका शर्माले निर्वाचित केही पदाधिकारीहलाई समेत प्रचण्डकहाँ पुर्याएका थिए । माओवादी निकट मानिने शर्मा अझै पनि आफू अध्यक्ष बन्नु पर्ने भन्दै प्रधानमन्त्रीसँग हारगुहार गरिरहेको स्रोत बताउँछ ।

    कात्तिक २ (अक्टोबर १९)मा सम्पन्न निर्वाचन परिणामको विषयमा प्रश्न उठेपछि केसीसहित कुल आचार्य र रविना थापाले एक विज्ञप्ति जारी गरी अर्को निर्णय नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित भएको घोषणा गरेका थिए । निर्वाचनमा उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको मत शुन्य देखिएपछि अनलाइन भोटिङ नै केसीले कब्जामा लिएको भन्दै आरके पक्षले अरोप लगाउँदै आएको छ ।

    असोज ३ गते जारी विज्ञप्तिमा कात्तिक २ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम घोषणाको क्रममा देखा परेको प्राविधिक त्रुटिका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु अर्को निर्णय नभएसम्मका लागि ३ अध्यक्षको हस्ताक्षरसहित स्थगित गरिएको थियो । तर, केसीले एकाएक सपथ लिएका थिए ।

    सहमतिअनुसार १५ दिनभित्र निर्वाचनमा भएको भनिएको धाँधलीबारे छानबिन गर्ने र त्यसबारे आउने रिपोर्टका आधारमा अघि बढ्ने भनिएपनि केसीले एकाएक शपथ लिएपछि शर्मा र अध्यक्षका अर्का उम्मेदवार महेश श्रेष्ठ समूह चिढिएको छ । यता, प्रधानमन्त्री प्रचण्डकै नाम बेच्दै आएका आरके शर्माले पररास्ट्र मन्त्रालयसमेतको सल्लाहमा आफू अध्यक्ष बनेको बताउँदै आएका छन् ।

    भेरो नामक अनलाइन भोटिङमार्फत भएको एनआरएनए निर्वाचनमा सिस्टम ह्याक गरेर मतपरिणाम तलमाथि बनाइएको आरके र श्रेष्ठ समूहको दावी छ ।

    केसी समूहका केही निर्वाचित पदाधिकारीहरु समेतलाई बोकेर प्रचण्डकहाँ पुगेका आरकेले भने आफू कुनै पनि हालतमा अध्यक्ष बन्नुपर्ने नभए पुनः निर्वाचन हुनुपर्ने बताउँदै आएका छन् । त्यतिमात्रै होइन आरके नेतृत्वको कार्यसमितिले पररास्ट्र मन्त्री एनपी साउद र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सममेत भेटिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार