Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेकपा एमालेको चियापान सुरु

काठमाडौं । नेकपा एमालेको चियापान सुरु भएको छ।

पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले चियापानको सुरुवात गरेका हुन्।

एमालेले सर्वसाधरण र कार्यकर्तालाई चियानपानका लागि दिउँसो साढे १२ बजे बोलाएको थियो।

कार्यक्रममा पार्टीका पदाधिकारीहरू मञ्चमा बसेका छन् भने स्थायी कमिटी सदस्यहरुले निम्तालुहरुलाई स्वागत गरिरहेका छन्।

एमालेले यसपाली निम्तालुहरूलाई केरा, लड्डु, निम्की र कटलेटको व्यवस्था गरेको छ।

चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, राजदूत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरू लगायतलाई आमन्त्रण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077