Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • नेकपा एमालेको चियापान सुरु

    नेकपा एमालेको चियापान सुरु

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 375
    SHARES

    काठमाडौं । नेकपा एमालेको चियापान सुरु भएको छ।

    पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले चियापानको सुरुवात गरेका हुन्।



    एमालेले सर्वसाधरण र कार्यकर्तालाई चियानपानका लागि दिउँसो साढे १२ बजे बोलाएको थियो।



    कार्यक्रममा पार्टीका पदाधिकारीहरू मञ्चमा बसेका छन् भने स्थायी कमिटी सदस्यहरुले निम्तालुहरुलाई स्वागत गरिरहेका छन्।

    एमालेले यसपाली निम्तालुहरूलाई केरा, लड्डु, निम्की र कटलेटको व्यवस्था गरेको छ।

    चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, राजदूत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरू लगायतलाई आमन्त्रण गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार