Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेको चियापनमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा सहभागी

काठमाडौं । नेकपा एमालेले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेता, कार्यकर्तादेखि उच्च पदस्थका व्यक्तिहरु सहभागी भएका छन् ।

दसैँ, दीपावली लगायतका चाड पर्वहरूको अवसरमा बुधबार दिउँसो नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रम शीर्ष नेताहरु सहभागी भएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुुर देउवा, नेकपा एकीकृत समाजवादीका समानित नेता झलनाथ खनाल, रास्वपा सभापति रवि लामिछानेलगायत नेताहरु सहभागी भएका छन् ।

त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द 'विप्लव', नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायतका नेताहरू पनि एमालेको चियापान समारोहमा उपस्थित भएका छन्।

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने सहभागी छैनन्। कार्यक्रम सहभागी हुने पुगेका राजनीतिक दलका प्रमुख, मन्त्री, सरकारी तथा विविध क्षेत्रका व्यक्तित्व साथै कूटनीतिक क्षेत्रका व्यक्तिहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरुले स्वागत गरे ।

एमालेले पार्टीका कार्यकर्ताका लागि १२ः३० र विशिष्ट पाहुना र अन्य व्यक्तिका लागि २ः३० बजे चियापानमा सहभागी हुन आमन्त्रण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077