Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीलाई झाँक्रीले दिइन् पुष्पगुच्छा उपहार

काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादीमा गएका नेतृत रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीलाई पुष्पगुच्छा उपहार दिएकी छन्।

एमालेको चियापान कार्यक्रममा सहभागी हुनका लागि च्यासल पुगेकी झाँक्रीले ओलीलाई पुष्पगुच्छा दिएकी हुन् ।

उनले पुष्पगुच्छा उपहार दिँदै ओलीसँग तस्बिर खिचाएकी थिइन्। यसैबीच एमालेको चियापानमा सभामुख देवराज घिमिरेसहित दलहरूका शीर्ष नेताहरू सहभागी छन्।

नेपाली कांग्रेसका सभापति देउवा, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत नेताहरू सहभागी छन्।

त्यस्तै कूटनीतिक नियोगका अधिकारीहरूसमेत चियापान समारोहमा सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077