Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सर्वोच्च अदालतले रिगलविरुद्धको मुद्दामा बिहीबार निर्णय सुनाउने

    सर्वोच्च अदालतले रिगलविरुद्धको मुद्दामा बिहीबार निर्णय सुनाउने

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 615
    SHARES

    काठमाडौं । संविधान दिवसको अवसरमा सरकारबाट कैद माफी पाएका योगराज ढकाल ‘रिगल’विरुद्धको मुद्दामा सर्वोच्च अदालतले भोलि निर्णय सुनाउने भएको छ ।

    कामू प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासले बिहीबार निर्णय सुनाउने आदेश दिएको हो ।



    रिगलको कैद सजाय मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमाथि मंगलबार र बुधबार सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो ।



    न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मंगलबार भएको सुनुवाइमा सरकारी पक्षबाट बहस भएको थियो ।

    पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती शेर्पाले रिगलविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

    संविधान दिवसका अवसरमा यही असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट योगराज ढकालको कैद मिनाहा भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार