Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गिरीबन्धु टी स्टेटका छत्र गिरीद्वारा करोडौं करछलीः हदबन्दी फुकुवामा ठग्न खोज्दा मुद्दैमुद्दा

    गिरीबन्धु टी स्टेटका छत्र गिरीद्वारा करोडौं करछलीः हदबन्दी फुकुवामा ठग्न खोज्दा मुद्दैमुद्दा

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 1K
    SHARES

    काठमाडौं । गिरीबन्धु टी स्टेटको ३ सय ४३ रोपनी जग्गाको हदबन्दी फुकुवा प्रकरण अहिले पनि सदनदेखि सडकसम्म चर्चाको बिषय बनिरहेको छ । गिरीबन्धु टी स्टेटको जग्गाको हदबन्दी फुकुवा गर्न सबै पार्टीका शीर्षनेतालाई प्रभावमा पारी भूमि ऐन नै संशोधन गरेका छत्र गिरीले चिया उद्योगबाट करोडौं करछली समेत गरेको उनकै आफन्तहरुले खोल्न थालेका छन् ।

    बिर्तामोडमा चियाबगान संचालन गर्दा पनि घाटा देखाएर करोडौं करछली गरेका छत्रबहादुर गिरीले आफन्तलाई समेत गिरीबन्धु टी स्टेटमा ठग्न खोजेपछि कृष्णकुमार गिरीहरुले मुद्दा हालेका छन् ।



    छत्रबहादुरले चियाबगान संचालन गरी आफू अरबपति भएको तर गिरीबन्धु टी स्टेटका अंशियारलाई पनि घाटा भएको भन्दै एकलौटी लाभ लिएको आरोप छ । गिरीबन्धु टी स्टेटको जग्गा हदन्दी फुकुवाको बिषयमा पनि अंशियारलाई ठग्न खोजेपछि उनका बिरुद्ध कृष्ण गिरीहरु विभिन्न निकायमा उजुरीदेखि मुद्दा मामिलामा गएका छन् ।



    गिरीबन्धु टी स्टेटको सुरुदेखिकै आयब्ययको (डीडीए) गर्ने हो भने पर्याप्त मुनाफामा देखिने भए पनि गिरीले घाटामा देखाएर सरकारलाई कर नतिर्ने गरेको खुलेको छ । छत्र गिरीले संचालन गरेको अरु चिया बगानसमेत उनले घाटामा देखाएर करछली गरेका छन् । नाफा भए पनि छत्र गिरीले कृृत्रिम घाटा देखाउने गरेको आरोप उनकै दाजुभाइले लगाउने गरेका छन् । सानातिना ब्यापारिक फर्मलाई सास्ती दिने राजस्व अनुसन्धान विभागदेखि आन्तरिक राजस्व कार्यालय भद्रपुरले समेत चासो राख्नसकेको छैन ।

    गिरीबन्धुकै हदबन्दी फुकुवामा समेत उनले एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेतृ डा.आरजु राणा, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम लिने गरेका छन् । प्रधानमन्त्री प्रचण्डकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहाल, डा. आरजु राणा र केपी ओलीको फोन आएको भन्दै उनले धेरैलाई भ्रममा पार्ने गरेका छन् । शीर्षनेता र पावरफुल ब्यक्तिको नाम लिएर उनले थर्काउने गरेका छन् ।

    तर, सबै नेताहरुलाई ढाँटेकाले छत्र गिरीसँग केपी ओली, आरजु राणादेखि कृष्ण सिटौलासम्मको सम्बन्ध पछिल्ला दिनमा राम्रो छैन । तर पनि उनले पहुँच देखाउन यी नेताको नाम लिने गरेको आरोप छ ।

    परिवार नियोजन संघको अध्यक्ष हुँदा पनि अनेक अनियमिततामा मुछिएका छत्र गिरीले बाबुबाजेले खडा गरेको कम्पनी बन्द गरी हदकन्दीको जग्गा फुकुवा गरी बेच्न लागेका छन् । चियाबगान संचालनमा घाटा भएको देखाएर करछली गरेका उनले अब हदबन्दीको जग्गा फुकुवा गरी बेचेर अरबौं कमाउने उद्देश्य राखेर भूमि ऐन संशोधन गराउन सफल भए ।

    छत्रबहादुर गिरीहरुले २०२१ सालमा भूमिसुधार लागू हुँदा बिर्तामोडको हदबन्दी भन्दा बढी जग्गा चिया उद्योगको लागि भनेर राखेका थिए । उद्योग प्रयोजनका लागि हदबन्दीभन्दा बढी जग्गा राखेका छत्रबहादुर गिरीहरुले गिरीबन्धु टी स्टेटका नाममा चियाबगान संचालन गरेका थिए । पछिल्लो समय बिर्तामोडको जग्गा चिया उद्योग भन्दा घडेरी बनाएर बिक्री गर्दा अरबौं लाभ हुने देखेपछि उनीहरुले २०५८ देखि पटक पटक उक्त जग्गा फुकुवा गर्न खोजेका थिए ।

    सरकार परिवर्तन हुनासाथ नियुक्त हुने भूमिसुधार मन्त्रीलाई करोडौंको अफर गरी हदबन्दी फुकुवा गर्न खोजे पनि कर्मचारीतन्त्रले अड्काएपछि २०७६ मा भूमि ऐनमै संशोधन गर्न सफल भए ।

    छत्रबहादुर गिरीले ३४३ बिगाहा जग्गाको हदबन्दी फुकुवाका लागि सबै पार्टीलाई सेटिङ गरे पनि उनकै दाजुभाइले सर्वोच्च अदालतमा मुद्दा हालेर रोकिएको छ । छत्र गिरीले अंशियारलाई समेत ठग्न खोजेपछि गिरीबन्धुको जग्गा हदबन्दी फुकुवा अलपत्र परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार