Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - सहमतिका साथ शान्‍ति प्रक्रिया टुंग्याउनु पर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिका साथ शान्‍ति प्रक्रिया टुंग्याउनुपर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित चियापान समारोहमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष अ‍ेलीले भने,‘शान्ति प्रक्रियालाई सहमतिको साथ टुंग्याउनुपर्छ। पीडितलाई केन्द्रमा राख्नुपर्छ। सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय समुदाय खास गरी मानवअधिकार काउन्सिलले हामीलाई केही कुरा भनेको छ। ती कुराहरूलाई पनि ध्यान दिनुपर्छ।’

अध्यक्ष ओलीले सहमतिमै शान्ति प्रक्रिया टुंगो लगाउनुपर्ने बताए।

शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र आफूबीच छलफल भएको ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077