Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली क्रिकेट टोली विश्वकपमा छनोट भए १५ लाख दिने नोबेल मेडिकल कलेजको घोषणा

काठमाडौं । नोबल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले टी २० विश्वकप छनोट भएमा क्रिकेट टिमलाई १५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भोगेन्द्रप्रसादद्वारा आज जारी प्रेस विज्ञप्तिमा राष्ट्रिय क्रिकेट टिम र अफिसियलाई प्रोत्साहनस्वरुप एकमुष्ट रू १५ लाख दिने घोषणा गरिएको हो ।

काठमाडौैंमा चलिरहेको ८ देश सम्मिलित छनोट प्रतियोगितामा नेपाल समूह चरणमा एक खेल बाँकी छँदै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनल खेल जितेमा नेपाल टी-२० विश्वकपमा छनोट हुने छ ।

नोबेलले नेपालले छनोट प्रतियोगितको उपाधि नै जितेमा ५ लाख थप गरेर कुल २० लाख रुपैयाँ दिने घोषणा पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077