Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विश्वकप क्रिकेट : न्युजिल्यान्डमाथि दक्षिण अफ्रिकाको सानदार जित

    विश्वकप क्रिकेट : न्युजिल्यान्डमाथि दक्षिण अफ्रिकाको सानदार जित

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 1K
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डमाथि सहज जित निकालेको छ । बुधबार भएको खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डमाथि १९० रनको विशाल जित निकालेको हो ।

    पुणेमा भएको खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले ३५.३ ओभरमा १ सय ६७ रन मात्र बनाउन सक्यो । न्युजिल्याण्डको यो लगातार तेस्रो हार हो ।



    पराजयसँगै न्युजिल्याण्ड नेट रन रेटको आधारमा चौथो स्थानमा खस्किएको छ ।



    दक्षिण अफ्रिका भने लगातार चौथो जीत निकाल्दै एक खेल कम खेलेको भारतलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ । दुवै टोलीको समान १२ अङ्क रहे पनि रन रेटको आधारमा दक्षिण अफ्रिका एक स्थान माथि उक्लिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार