Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आजको मौसम : पहाडमा हल्का वर्षा, हिमालमा हिमपातको सम्भावना

    आजको मौसम : पहाडमा हल्का वर्षा, हिमालमा हिमपातको सम्भावना

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 600
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।



    देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।



    आज राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार