Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओमानविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ ।

कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोज्दै ओमानलाई ब्याटिङको निम्तो दिएका हुन् ।

खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे शुरू हुनेछ ।

नेपालले आजको खेलमा टोलीमा परिवर्तन गरेको छैन । विवेक यादवलाई नै निरन्तरता दिने निर्णय लिएको छ ।

यस्तो छ नेपालको प्लेइङ ११ः

आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077