Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी-२० विश्वकप छनोट : सोमपालले लिए ओमानको दोस्रो विकेट

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत समूह चरणको अन्तिम खेलमा ओमानविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।

सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा अकिब इलियासले बोल्ड आउट गरे। अकिब २ रन बनाउँदै आउट भए । त्यसअघि अलराउण्डर करण केसीले पहिलो ओभरको पाचौं बलमा कश्यव कुमार प्रजापतिलाई ८ रनमा आउट गरे ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमानले चौथो ओभरको खेल सकिँदा दुई विकेट गुमाएर २५ रन बनाएर खेलिरहेको छ ।

यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका दुवै टोली समूह विजेता बन्नका लागि खेल्दै छन् । यो खेलको विजेताले समूह ‘ए’ को विजेता बन्दै समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077