Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जनयुद्धलाई उत्सव मानेर शान्तिप्रक्रिया टुंग्याउन सकिँदैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसलाई उत्सव मानेर शान्तिप्रक्रिया टुंग्याउन नसकिँने बताएका छन् ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले हिंसा थालेको दिन उत्सवको रुपमा मनाउन नसकिने बताए।

अध्यक्ष ओलीले भने,‘हिंसा सुरु गरेको दिनलाई उत्सवको रुपमा मनाउँन, त्यो एउटा नेपालले भोगेको दुष्चक्र हिंसाको जसलाई हामीले हिंसाको अन्त्य, वृहत शान्ति सम्झौताबाट समाप्त पारेका थियौं। त्यसकै महिमा हुन थालेको छ। त्यसको जयगान गर्न थालिएको छ। हिजो अनावश्यक ढंगले मान्छे मारिए, त्यत्रो लुटपाट भयो, त्यसले देशको अर्थतन्त्र र जनजीवनमा पारेको समाजमा पारेको भयावह अवस्थाप्रति कुनै चिन्ता छैन। बरु त्यसप्रति गौरवभाव छ। त्यो मनाउनुपर्छ भन्दैछन्। यस दृष्टिकोण र मनोदशाले शान्तिप्रक्रिया कसरी सफल होला ?’

पीडितलाई केन्द्रमा राखेर न्याय दिनेगरी शान्ति प्रक्रिया टुंग्याउनुपर्ने उनको भनाइ छ। उनले पीडितलाई केन्द्रमा राखेर कानूनहरु पनि बन्नुपर्ने बताए ।

अध्यक्ष ओलीले पीडितलाई नै थिचोमिचो गर्ने र तरमारा वर्गको रुपमा परिर्णत भइसकेकाहरुलाई शान्ति प्रक्रिया टुंग्याएको बहाना गर्न नसकिँने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077