Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यानले भन्यो - यूएईसँगको सेमिफाइनल घरमै बसेर हेर्नू

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार हुने नेपाल र यूएईबीचको खेल घरमै बसेर हेर्न आग्रह गरेको छ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलका लागि क्यानले पास वितरण नगर्ने भएकाले घरमा नै बसेर खेल हेर्न आग्रह गरेको हो ।

भोलिको खेलका लागि क्यानले ३५ सय मात्रै टिकट बिक्री हुने जानकारी दिएको छ । भोलि शुक्रबार नेपाल र यूएईबीच मुलपानी क्रिकेट मैदानमा सेमिफाइनल खेल हुँदैछ।

यस्तै टिकट भने आईएमई पे बाट लिन सकिनेछ। ३५ सयभन्दा धेरै दर्शक नअट्ने भएकाले घरमै बसेर खेल हेर्न क्यानले आग्रह गरेको छ।त्यस्तै, भीआईपी र भीभीआईपी पास पनि सबै रद्द गरिएको क्यानले जनाएको छ ।

‘नेपाल क्रिकेट संघ, क्रिकेटसँग सम्बन्धित सबै अतिथिज्यूहरूलाई समेत मूलपानी मैदानको नेपाल र यूएईबीच हुने सेमिफाइन खेलको पास वितरण नगरिएको हुँदा घरमै बसेर खेल हेर्दै सहयोग गर्नुहुन हामी अनुरोध गर्दछौं,’ क्यानले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077