Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पीडितलाई केन्द्रमा नराखेसम्म शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न सकिँदैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पीडितलाई केन्द्रमा नराखेसम्म शान्ति प्रक्रिया टुङ्ग्याउन नसकिने बताएका छन् ।

बिहीबार संसद भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले पीडितलाई नै थिचोमिचो गर्ने र तरमारा वर्गको रूपमा परिणत भइसकेकाहरूलाई शान्ति प्रक्रिया टुंग्याएको बहाना गर्न नसकिने भन्दै पीडितलाई केन्द्रमा राखेर मात्रै शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने बताए ।

हिंसा सुरु गरेको दिनलाई उत्सवको रूपमा मनाउन थालिएको र हिंसाको जयगान हुन थालेको भन्दै उनले आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077