Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • तोलामा दुई सय रुपैयाँ बढ्यो सुनको मूल्य

    तोलामा दुई सय रुपैयाँ बढ्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 723
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा थप दुई सय रुपैयाँले बढ्दै १ लाख १५ हजार ९ सय रुपैयाँ पुगेको छ ।

    अघिल्लो दिन छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।



    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा दुई सय रुपैयाँले नै बढ्दै १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले घट्दै १ हजार ३९० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

    अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार