Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्थली विमानस्थलका प्रमुख थापा निलम्बित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ।

प्राधिकरणले विमानस्थल परिसरमा तारा एयरका दुई पाइलटबीच भएको विवादको छानबिन गर्नका लागि विमानस्थल प्रमुख अशोक थापालाई निलम्बन गरेको हो।

यसअघि रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्डेड गरेको छ ।

[insert page='256244' display='yopanipadhnuhos.php']

प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको हो ।

प्राधिकरणले राष्ट्रिय उड्डयन सुरक्षा उल्लंघन गरेको भन्दै तत्कालका लागि पाइलटहरूलाई उडानमा रोक लगाएको छ।

मन्थली विमानस्थलमा शुक्रबार बिहान जहाज अवतरण गरेपछि दुई पाइलटबीच झगडा भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077