Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सहमति बेगर मन्त्रिपरिषद विस्तार गरे सरकारमा नबस्ने एमालेको चेतावनी

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सहमति बेगर नै मुख्यमन्त्रीले सरकार विस्तार गरे आफुहरु सरकारमा नबस्ने बताएका छन्।

मुख्यमन्त्री केदार कार्कीले माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्रीको शपथ गराउने तयारी गरेपछि उनले यस्तो बताएका हुन् ।

एमालेको सहयोगमा कांग्रेसबाट विद्रोह गरेर कोशीको मुख्यमन्त्री बनेका कार्कीलाई एमालेले गठबन्धनका अन्य दललाई सरकारमा सामेल नगराउन भन्दै आएको छ।

मुख्यमन्त्री कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक एक जना मन्त्री नियुक्त गर्ने तयारी गरेको मुख्यमन्त्री निकट स्रोले बतायो ।

माओवादी केन्द्रबाट गणेशप्रसाद उप्रेती सुशिल र नेकपा एकीकृत समाजवादीबाट कमल जबेगुलाई मन्त्रीका लागि नाम सिफारिस गरिसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077