Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाल एयरलाइन्सलाई सरकारको निर्देशन – रुकुमलाई केन्द्रित गरी हवाई उडान गर्नू

    नेपाल एयरलाइन्सलाई सरकारको निर्देशन – रुकुमलाई केन्द्रित गरी हवाई उडान गर्नू

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 963
    SHARES

    काठमाडौं । सरकारले नेपाल एयरलाइन्सलाई रुकुमपश्चिमको चौरजहारीलाई केन्द्रित गरेर हवाई उडान गर्न निर्देशन दिएको छ ।

    रुकुमपश्चिम र जाजरकोटका भूकम्प प्रभावितहरुको राहत तथा उद्धारका लागि सहज होस् भनेर रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका हुन् ।



    यस्तै अन्य एयरलाइन्सहरुलाई पनि स्ट्याण्डबाई अवस्थामा रहन भनिएको छ । प्रधानमन्त्री प्रचण्डले अन्तको उडान स्थगित गरेर भए पनि रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न भनेका हुन् ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहानै नेपाली सेनाको मेडिकल टिमसहित हेलिकोप्टरमार्फत् रुकुम प्रस्थान गरेका छन् ।

    जाजरकोट आसपासलाई केन्द्र बनाएर शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । अहिले सम्म जाजरकोट र रुकुम पश्चिममा गरी मर्नेको सङ्ख्या १२८ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार