Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भूकम्प पीडितलाई १ करोड ११ लाख भन्दा बढी सहयोग गर्ने भाटभटेनी सुपरमार्केटको घोषणा

    भूकम्प पीडितलाई १ करोड ११ लाख भन्दा बढी सहयोग गर्ने भाटभटेनी सुपरमार्केटको घोषणा

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । भाटभटेनी सुपरमार्केटले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेका नागरिकको उद्धार, उपचार तथा व्यवस्थापनका लागि एक करोड भन्दा बढी आर्थिक सहयोग गर्ने भएको छ ।

    भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भूकम्प प्रभावितलाई ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।



    विपदमा परेका नागरिकको उद्धार सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै पीडित नागरिकलाई भाटभटेनीका तर्फबाट सहयोगको घोषणा गरिएको उनले बताए ।



    घोषणा गरिएको रकम सरकारी राहत कोषमार्फत् प्रदान गरिने भएको छ । गएराति गएको भूकम्पबाट अहिलेसम्म १५७ जनाको ज्यान गइसकेको छ । १९७ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार