Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • न्युजिल्यान्डविरूद्ध पाकिस्तान डिएलएस मेथडमा विजयी, सेमिफाइनल सम्भावना जीवित

    न्युजिल्यान्डविरूद्ध पाकिस्तान डिएलएस मेथडमा विजयी, सेमिफाइनल सम्भावना जीवित

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 945
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्याण्डलाई डिएलएस मेथडमा २१ रनले हराएको छ । न्युजिल्याण्डले शुरुमा ४०२ रनको लक्ष्य दिए पनि पानी परेर खेल प्रभावित भएपछि पाकिस्तानले ४१ ओभरमा ३४२ रनको लक्ष्य पाएको थियो ।

    पाकिस्तानले २५.३ ओभरमा एक विकेट गुमाएर २ सय रन रन बनाएको अवस्थामा पानी परेपछि खेल फेरि रोकियो । पानी नरोकिएपछि डिएल पद्धतिका आधारमा पाकिस्तानले २१ रनले विजयी भयो ।



    पाकिस्तानका फखर जामानले शतक प्रहार गरे । जमान एक सय २६ र बाबर आजम ६६ रनमा नटआउट रहे । त्यसअघि बेंग्लोरमा टस हारेर पहिला ब्याटिङ थालेको न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ४ सय १ रन बनायो । उसका लागि रचिन रविन्द्रले १ सय ८ रन र केन विलियम्सनले ९५ रन बनाए ।



    बलिङतर्फ पाकिस्तानका मोहम्मद वासिमले तीन विकेट लिए । जितसँगै पाकिस्तानले पाँचौ स्थनमा रहदा ८ खेलबाट ८ अंक जोडेको छ। नेटरनरेटमा अघि रहेको चौथो स्थानको न्युजिल्यान्डको पनि ८ अंक नै छ। सेमिफाइनलमा पुग्न पाकिस्तानले अन्तिम खेलमा इंग्ल्याण्डलाई हराउनैपर्नेछ, साथै अरुको नतिजामा पनि भर पर्नुपर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार