Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खसीको मासु भन्दै बाख्राको मासु बेच्ने गुल्जार पक्राउ

धनुषा । धनुषाको महेन्द्रनगरमा खसीको मासु भनेर बाख्राको मासु बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ४ महेन्द्रनगरका गुल्जार महम्मद रहेका छन् ।

इलाका प्रहरी कार्यालय धनुषाबाट खटेको गस्ति टोलीले महम्मदले महेन्द्रनगरमा सञ्चालन गर्दै आएको साहिल फ्रेस हाउस मासु पसलमा खसीको मासुसंगै बाख्राको मासु बिक्री गरिरहेको अवस्थामा फेला परेपछि पक्राउ गरेको थियो ।

सो मासु पसलबाट आठ किलो बाख्राको मासु बरामद भएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । पक्राउ परेका महम्मदलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा राखि थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077