Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट

    सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 603
    SHARES

    फाइल फोटो

    काठमाडौं । आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । साताको पहिलो दिन नेप्से परिसूचकमा २१ अंकको गिरावट आएको हो ।

    यसदिन नेप्से १.१६ प्रतिशतले घटेर १८२६.२३ अंकमा कायम भएको छ ।कारोबारमा आएका १९७ कम्पनीको सेयर मूल्य घट्दा नेप्सेमा पनि गिरावट आएको हो ।



    यसदिन ३५ कम्पनीको सेयर मूल्य बढेका छन् भने ४ वटाको स्थिर रह्यो । नेप्से घटेको दिन ३९ हजार ३ सय २२ कारोबारमार्फत् २८९ स्क्रिप्टका ३५ हजाल ५८ हजार ५ सय ५४ इकाइ कित्ता सेयर ९७ करोड २३ लाख ६७ हजार २ सय ७८ रुपैयाँमा किनबेच भयो ।



    नेप्से घट्दा सेन्सिटिभ इन्डेक्स पनि ५.३६ अंकले घटेर ३५२.३९ बिन्दुमा कायम भएको छ । उपसूचकतर्फ होटल तथा पर्यटनबाहेक सबै समूह राताम्य बने । तीमध्ये कारोबार समूहमा २.११ प्रतिशतले गिरावट आएको छ ।

    नेप्से घटेपनि एनआईसी एसिया लघुवित्तको सेयर मुल्य ६.९७ प्रतिशतले बढेको छ । तारागाउँ रिजेन्सी, मायाखोला हाइड्रो, एसियन हाइड्रो र नेसनल लघुवित्तको सेयरधनीले पनि सर्वाधिक कमाए । मूल्य घट्नेको सूचीमा हिमालय लघुवित्तको सेयर अगाडि रह्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार