Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - भूकम्प पीडितलाई सहयोग गर्न एकजुट हौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पीडितलाई सहयोग गर्नका लागि एकजुट हुनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले पीडितहरूको सहयोगका लागि सबै एकजुट हुन आग्रह गरेका हुन् ।

अध्यक्ष ओलीले राहत दिने बाहनामा अनावश्यक भीडभाड नगर्न समेत अनुरोध गरेका छन्। अध्यक्ष ओलीले जाजरकोट र पश्चिम रुकुमको भूकम्प प्रभावित क्षेत्रमा यतिखेर अस्थायी आवासका लागि त्रिपाल,खाद्यान्न,लत्ताकपडा,घाइतेका लागि औषधि उपचार आवश्यक भएको बताए।

विपतको बेला तत्कालको आवश्यकता पूरा गर्नुपर्ने बताउँदै अध्यक्ष ओलीले उद्धार, राहत र पुनर्स्थापनाका लागि सबै एकजुट हुन आग्रह गरे।

अध्यक्ष ओलीले लेखेका छन्,'जाजरकोट र पश्चिम रुकुमको भूकम्प प्रभावित क्षेत्रमा यतिखेर अस्थायी आवासका लागि त्रिपाल,खाद्यान्न, लत्ताकपडा, घाइतेका लागि औषधि उपचार चाहिएको छ। विपतको यो समयमा हामीले त्यहाँ तत्कालको आवश्यकता पूरा गर्ने काम गर्नु पर्छ। त्यहाँ अहिले सीपयुक्त दक्ष जनशक्ति आवश्यक छ।'

अध्यक्ष ओलीले विपतमा प्रचारभन्दा सहयोग आवश्यक रहेको बताउँदै अनावश्यक प्रचार नगर्न आग्रह गरे। एमालेले भूकम्प पीडितलाई १ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077