Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

महोत्तरीमा हतियार देखाएर लाखौँ लुटपाट

महोत्तरी । महोत्तरीमा हतियार देखाएर लाखौँको लुटपाट भएको छ।

पाँचजनाको संख्यामा आएका अपरिचित व्यक्तिहरूले जलेश्वर नगरपालिका– ८ सानो रतवारास्थित भुवनेश्वर चौधरीको घरमा लुटपाट गरेका हुन् ।

घरको पछाडिबाट भित्र प्रवेश गरी परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिँदै कुटपिट गरेको पीडित परिवारले जनाएको छ।

चौधरीको घरबाट ४० तोला सुन र दुई किलो चाँदीका गहनासहित नगद एक लाख लुटपाट भएको छ।

सबैलाई एउटा कोठामा बन्द गरेर डाँकाहरूले करिब एक घन्टासम्म लुटपाट गरेका थिए।

डाँकाहरूको कुटपिटबाट भुवनेश्वर चौधरीको टाउकोमा चारवटा टाँका लगाइएको छ।

यस्तै उनकी श्रीमती र जयकिशोरको टाउकोमा पनि चारवटा टाँका लगाइएको छ।

कुटपिटबाट घाइते भएका सबै प्रादेशिक अस्पताल जलेश्वरमा उपचारपछि घर फर्केका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077