Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेस संसदीय दलका नेता थापाको राजीनामा अस्वीकृत

    कांग्रेस संसदीय दलका नेता थापाको राजीनामा अस्वीकृत

    अनलाइन नेपाल
  • सोमबार, २० कार्तिक २०८०
  • 717
    SHARES

    विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत भएको छ ।

    सोमबार बसेको संसदीय दलको बैठकले थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो ।



    संसदीय दलको बैठकमा मुख्यमन्त्री केदार कार्कीले पनि थापालाई राजीनामा फिर्ता लिएर जिम्मेवारीमा फर्कन आग्रह गरेका थिए ।



    बैठकले यसअघि राजीनामा दिएका उपनेता हिमाल कार्की र प्रमुख सचेतक भूपेन्द्र राईलाई पनि जिम्मेवारीमा फर्कन आग्रह गरेको थियो ।

    प्रदेश प्रमुखले संविधानको धारा १६८ को ५ अनुसार सरकार गठनको आह्वान गरेपछि सत्तारुढ गठबन्धनले प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अघि सार्ने निर्णय गरेको थियो ।

    तर कांग्रेसका ८ सांसदसहित विद्रोह गर्दै केदार कार्की २७ असोजमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार