Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विश्वकपमा छनोट भएको राष्ट्रिय क्रिकेट टोलीलाई क्यानले ५० लाख दिने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीलाई प्रोत्साहन स्वरूप ५० लाख रुपैयाँ दिने भएको छ ।

सोमवार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले सन् २०२४ मा वेष्ट ईन्डिज र अमेरिकामा सञ्चालन हुने विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिताका लागि छनौट हुन सफल राष्ट्रिय क्रिकेट टोलीलाई रु ५० लाख नगद पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो ।

नेपाल आईसीसी पुरुष टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै आउँदो वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट भएको थियो ।

यस्तै भर्खरै मलेसियामा सम्पन्न एसीसी पुरुष १९ वर्षमुनिको प्रिमियर कप क्रिकेट प्रतियोगितामा विजयी भई आउँदो वर्ष सञ्चालन हुने १९ वर्षमुनिको एसिया कपमा छनोट हुन सफल टोलीका सबै सदस्यलाई जनही ५० हजार रुपैयाँ दिने निर्णय पनि गरिएको क्यानले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077