Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेस सभापति देउवाले गरे प्रधानमन्त्री प्रचण्डलाई ५० लाखको चेक हस्तान्तरण

    कांग्रेस सभापति देउवाले गरे प्रधानमन्त्री प्रचण्डलाई ५० लाखको चेक हस्तान्तरण

    अनलाइन नेपाल
  • मंगलबार, २१ कार्तिक २०८०
  • 369
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ दिएको छ।

    बालुवाटारमा पुगेर कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ५० लाखको चेक हस्तान्तरण गरेका हुन्।



    जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट पीडित तथा प्रभावितहरूको उद्दार एवं राहतका लागि चेक हस्तान्तरण गर्न नेपाली कांग्रेसका सभापति देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापासहितका नेताहरु बालुवाटार पुगेका थिए।



    कांग्रेसले उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारको कोषमा नेपाली कांग्रेसका तर्फबाट ५० लाख दिने घोषणा गरेको थियो। गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिकरुपमा ठूलो क्षति गरेको छ।

    भूकम्पले जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ। भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा हालसम्म ८२ जना बालबालिकाको मृत्यु भएको छ।

    सरकारले मृतकका परिवारलाई २ लाख दिने घोषणा गरेको छ। प्रचण्डले राहत विवरण एकद्वार प्रणालीबाट वितरण हुने जानकारी गराएका छन्।

    सरकारले भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाको काम युद्धस्तरमा भइरहेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार