Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

त्रिवि क्रिकेट मैदानमा 'फ्लडलाइट' जडान गर्न २७ करोड ४० लाखको ठेक्का

काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान २७ करोड ४० लाख रुपैयाँमा ठेक्का लागेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार फ्लड लाइट जडानका लागि सिनामङ्गलको एमएसआईपीएल-एएससी पावर लिमिटेडले ठेक्का पाएको हो ।

सरकारले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान प्रक्रिया अघि बढाउने घोषणा गरेपछि राखेपले प्रक्रिया अघि बढाएको थियो । फ्लड लाइट जडान भएपछि यौ मैदानमा रातिको समयमा पनि खेल खेलाउन सकिनेछ ।

आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेर नेपालले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता कायम राख्नुका साथै विश्वकप छनोटमा स्थान बनाएपछि नेपाल सरकारले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान प्रक्रिया अघि बढाउने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077