Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भूकम्प प्रभावितलाई एमालेले १ करोड रुपैयाँ बराबरको राहत बाँड्ने

काठमाडौं । नेकपा एमालेले भूकम्प पीडितलाई एक करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने भएको छ ।

पार्टीको सामाजिक सेवा केन्द्रले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत सामग्री पठाउन लागेको हो ।

अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा भूकम्प पीडितलाई सहयोग गर्नका लागि केन्द्र अग्रसर भएको बताइएको छ । केन्द्रले भूकम्प पीडितका लागि चामल, दाल, चाउचाउ, बिस्कुट, नुनजस्ता खाद्य सामग्री उपलब्ध गराउने छ ।

यसैगरी पीडितलाई जाडोबाट बचाउनका लागि कम्मल र टेन्ट पनि वितरण गरिने छ । राहतका लागि पठाइने सामग्रीमध्ये केही काठमाडौंमा खरिद गरिएको छ भने केही सामग्री नेपालगञ्ज, दाङलगायतका ठाउँमा खरिद गरिएको छ ।

पहिलो चरणको राहत सामग्री भोलि बुधवारसम्म पीडितसमक्ष पुर्‍याइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077