Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौं महानगरले सडकमा भेटिएका गाईबाच्छा ‘काञ्जी हाउस’मा राख्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा भेटिएका गाईबाच्छा (चौपाया) संकलन गरेर काञ्जी हाउसमा राख्ने भएको छ ।

महानगरभित्र भेटिएका गाईबाच्छा दक्षिणकाली नगरपालिका–७, कोपुगाउँमा राखिने भएको हो । उक्त कार्य भोलि बिहीबारदेखि सुरु गर्ने महानगरका मेयर बालेन शाहले जानकारी दिए ।

सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, 'सडकमा छाडिएका चौपायाले खान पाएका छैनन्, तिर्खा लागेका बेला पानी पाउँदैनन् , बिरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ, उनीहरूलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ ।'

काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेको पनि उनले बताए । हेरचाह्र गर्न दुई स्थानीयलाई दैनिक ज्यालादारीमा लिएको छ ।

दक्षिणकाली नगरपालिका–७ सँगको सहकार्यमा पानी, विजुलीलगायत सुविधाको प्रबन्ध मिलाइएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077