Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा भूकम्प प्रभावित क्षेत्रमा

    कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा भूकम्प प्रभावित क्षेत्रमा

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 588
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भूकम्प प्रभावित क्षेत्र गएका छन्।

    महामन्त्रीद्वय पार्टीको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ का तर्फबाट त्यहाँ गएका हुन् ।



    जाजरकोट भूकम्पपछिका अवस्थाबारे अनुगमन र सहजीकरण गर्न कांग्रेसले महामन्त्रीद्वय थापा र शर्माको संयोजकत्वमा समितिसमेत गठन गरेको थियो।



    भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमलगायत क्षेत्रको स्थलगत अवलोकनका लागि महामन्त्रीद्वय थापा र शर्मा बुधबार त्यसतर्फ गएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

    मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर महामन्त्रीद्वय विशेष गरी सात कार्यमा केन्द्रित रहने उल्लेख गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार