Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भूकम्प पीडितलाई उड्डयन प्राधिकरणले दियो एक करोड

काठमाडौं । जाजरकोट भूकम्प पीडित तथा प्रभावितहरुको उद्धारका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले घोषणा गरेको एक करोड रकम हस्तान्तरण गरेको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीलगायत कर्मचारी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुधबार बिहान उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गरेका हुन् ।

जाजरकोट केन्द्रविन्दु भएर गत शुक्रबार गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममामा गरी एक सय ५३ जनाको मृत्यु भएको छ। दुई सय बढी घाइते भएका छन् । घाइते तथा स्थानीय पीडितका लागि विभिन्न सरकारी निकाय एवं सङ्घसंस्थाले सहयोग उपलब्ध गराउने क्रम जारी रहेको छ ।

मंगलबार सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ५० र५० लाख,एकीकृत समाजवादी पार्टीले २५ लाखको चेक प्रधानमन्त्री दाहाललाई बालुवाटार पुगेर हस्तान्तरण गरेका थिए। सरकारले भूकम्पमा परी ज्यान गुमाएकाको परिवारलाई राहतस्वरुप दुई लाख दिने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077