Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सचिव वाङ र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

    चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सचिव वाङ र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 483
    SHARES

    काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागी थियो ।



    भेटमा दुई देशबीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको बताइएको छ । उक्त छलफलमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङसमेत थिए ।



    पाँच दिने भ्रमणमा काठमाडौं आएका उनले शीर्ष नेताहरूसँग शिष्टाचार भेट गरिरहेका छन् । उनी शुक्रबार पोखरा जाने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार