Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महिला राष्ट्रिय क्रिकेट टिममा कप्तानको जिम्मेवारी इन्दूलाई

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तान परिवर्तन गरेको छ ।

क्यानले इन्दु बर्मालाई नयाँ कप्तानको जिम्मेवारी दिएको हो। यसअघि राष्ट्रिय महिला टोलीको कप्तानी रुविना क्षेत्रीले गर्दै आएकी थिइन्।

हङकङमा आयोजना हुने टी-२० सिरिजको कप्तानी इन्दुले गर्ने क्यानले जनाएको छ ।

यस्तै विन्दू रावललाई उपकप्तान तोकिएको छ।नियमित कप्तान रुबिना क्षेत्रीले टी-२० सिरिजअघि हङकङमै वुमन्स अल स्टार्स टी-२० सिरिज खेल्दैछिन्।

सिरिजमा अलराउन्डर सीता रानामगरले पनि प्रतिस्पर्धा गर्नेछिन्। दुवै खेलाडी बिहीबार हङकङ प्रस्थान गरेका छन् भने सिरिज खेलेपछि नेपाली टिममा समावेश हुनेछन्।

नेपालले कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हङकङमा हुने टी-२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेको हो। प्रतियोगिता आयोजक हङकङसहित नेपाल, जापान र तान्जानिया छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077