Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • विशेष साधारण सभाबाट एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

    विशेष साधारण सभाबाट एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 867
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभामा अध्यक्ष पंकज विक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ ।

    हेटौंडामा बिहीबार सम्पन्न विशेष साधारणसभामा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको हो ।



    साधारणसभामा अध्यक्ष नेम्वाङविरुद्ध भएको मतदानमा नेम्वाङले ५२ मत प्राप्त गरेका छन् । कूल ८७ जना मतदातामध्ये प्रस्तावको पक्षमा शून्य मत र विपक्षतर्फ अर्थात् अध्यक्ष नहटाउने पक्षमा ५२ मत अध्यक्ष नेम्वाङले पाएका हुन् ।



    गत भदौ २५ गते एन्फाका ४९ सदस्यले वर्तमान अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वास राखेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार