Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अभद्र व्यवहार गरेको आरोपमा फुटबलर राजवंशीसहित चारजना पक्राउ

काठमाडौँ । प्रहरीले फुटबलर दिनेश राजवंशीसहित चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीहरुलाई मंगलबार राति लैनचौरस्थित मल्ल होटल नजिकैबाट पक्राउ गरिएको हो ।

राजवंशीसहित उनका तीनजना साथीहरुलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ ।

राजवंशी सहितको समूहलाई अभद्र व्यवहारको कसुरमा हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

नेपालको राष्ट्रिय टिमका पूर्व खेलाडी दिनेश अहिले अष्ट्रेलियामा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077