Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संकटमा पर्दैन : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संकटमा नपर्ने दाबी गरेका छन् ।

लौहपुरूष गणेशमान सिंहको १०९ औँ जन्मजयन्तिमा आयोजित कार्यक्रमका क्रममा बोल्दै नेता सिंहले यस्तो दाबी गरेका हुन् ।

उनले अहिले जनताले डेलिभर खोजिरहेको भन्दै जनताको जीवनस्तर उठाउन त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारलाई प्रभावकारी बनाउनुपर्ने सिंहले बताए ।

यस्तै उनले तिहारपछि सत्तागठबन्धन ढल्छ भन्ने कुरामा कुनै आधार नभएको पनि विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077