Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सत्ता गठबन्धन अहिल्यै टुटिहाल्ने अवस्था छैन : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान गठबन्धन अहिले नै विघटन नहुने बताएका छन् ।  गणेशमान सिंहको १०९औं जन्मजयन्तीका अवसरमा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् ।

संविधानको रक्षाका लागि सक्रिय रहेकोले गठबन्धन अहिले नै विघटन नहुने नेता सिंहको भनाई छ ।  उनले गठबन्धनमा भएको सहमति र समझदारीअनुसार नै मुलुक अगाडि बढिरहेको बताए ।

नेता सिंहले संविधानमाथि खतरा रहेसम्म गठबन्धनमा कुनै खटपट नआउने बताए ।

नेता सिंहले भने,'गठबन्धन निर्माणको आधार बलियो छ, गठबन्धनको आवश्यकता किन भयो भन्ने सबैलाई थाहा छ । असंवैधानिकरूपमा संसद् विघटन गरेका कारण यो गठबन्धन बनेको हो । कांग्रेसको नेतृत्वमा जारी भएको संविधानमाथि प्रहार भएका कारण उक्त संविधान जोगाउन गठबन्धन बनेको हो ।'

नेता सिंहले अहिलेको सत्ता गठबन्धनका कारण तत्कालीन सदनमा बहुमत पुगेपछि अदालतबाट संसद् विघटन बदर भएको स्मरण गर्दै निर्वाचनको समयमा पनि कायम रहेको गठबन्धनको समझदारीअनुसार सरकार सञ्चालन भइरहेको बताए ।

वर्तमान सत्ता गठबन्धन ढल्छ भन्ने कुरामा कुनै आधार नभएको दाबी गर्दै उनले संविधानको रक्षाका लागि गठबन्धन बनेकाले सहमतिअनुसार नै गठबन्धन अघि बढ्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077