Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

१२ वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी

संखुवासभा । संखुवासभामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय चैनपुरले बिहीबार दिउँसो साढे ३ बजे धर्मदेवी नगरपालिका-२ का २८ वर्षीय बुद्धे भन्ने बुद्धिराज जिमीलाई पक्राउ गरेको हो ।

उनलाई धर्मदेवी नगरपालिका-२ तामाफोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

२०६८ फागुन ३ गते धर्मदेवी-२ का रविन जिमीको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077