Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरले तोक्यो ४ स्थानमा सयपत्री माला किनबेच स्थल

काठमाडौं । काठमाडौं महानगरपालिकाले सयपत्री फूलको माला विक्रीका लागि ४ स्थान तोकेको छ ।

महानगरले भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु कोल्ड स्टोर छेउ स्वदेशी उत्पादनको सहुलियतमा फूल विक्रीका लागि खुला गरेको हो ।

शनिवार महानगरपालिका र स्वदेशी फूल उत्पादक र बिक्रेताबिच छलफल कार्यक्रम राखिएको थियो ।

सो अवसरमा काठमाडौं महानगरपालिका र पुष्प व्यवसायीहरु बीचको छलफलमा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले महानगरपालिकालाई धन्यवाद दिए ।

महानगरपालिकाले तोकेका ४ स्थानमा नेपाली फूलहरू मात्रै रहने र नेपाली फूल उत्पादक किसानलाई फूल बिक्रीका लागि महानगरपालिकाले अवरोध नगर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077