Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

दुई सय ९० किलो गाजासहित महोत्तरीबाट दुई जना पक्राउ

महोत्तरी । महोत्तरी प्रहरीले २ सय ९० केजी गाजासहित २ जना पक्राउ गरेको छ ।

प्रहरीले सम्सीबाट जलेश्वरतर्फ गइरहेको ना ०५ ख.९७११ नम्बरको ट्रकमा फलस बटनमा लुकाईछिपाई राखिएको १९ पोका गाजा नियन्त्रणमा लिएको हो ।

गाजा लिएर हिँडेको ट्रकसहित चालक मकवानपुर बकैया घर भएका २५ वर्षका लिलाबहादुर थिङ र हेटौंडा उपमहानगरपालिका-१३ बस्ने सहचालक राजेश घलानलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ परेका चालक र सहचालकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको ट्रक पनि प्रहरी कार्यालय परिसरमै राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077