Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भूकम्प पीडितलाई राहत र पुनःस्थापनाका लागि सरकार गम्भीर हुनपर्‍यो : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भूकम्प प्रभावितको राहत र पुनःस्थापनाका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

समाजवादी प्रेस संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले यस्तो बताएका हुन् ।

उनले भूकम्प प्रभावितलाई राहतमा ढिलाई भएको गुनासो सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताए । भूकम्पीडितलाई समयमा नै राहत उपलब्ध हुन नसकेको गुनासो आएको भन्दै राहत र पुनःस्थापनाका लागि सरकार गम्भीर हुनुपर्ने उनको भनाई छ ।

उनले भविष्यमा हुने विपद्‍बाट हुनसक्ने क्षतिको न्युनीकरण गर्न सरकारले समयमा नै आवश्यक पूर्वतयारी गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077