Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भूकम्प पीडितलाई राहत र पुनःस्थापनाका लागि सरकार गम्भीर हुनपर्‍यो : झलनाथ खनाल

    भूकम्प पीडितलाई राहत र पुनःस्थापनाका लागि सरकार गम्भीर हुनपर्‍यो : झलनाथ खनाल

    अनलाइन नेपाल
  • शनिबार, २५ कार्तिक २०८०
  • 477
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भूकम्प प्रभावितको राहत र पुनःस्थापनाका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

    समाजवादी प्रेस संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले यस्तो बताएका हुन् ।



    उनले भूकम्प प्रभावितलाई राहतमा ढिलाई भएको गुनासो सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताए । भूकम्पीडितलाई समयमा नै राहत उपलब्ध हुन नसकेको गुनासो आएको भन्दै राहत र पुनःस्थापनाका लागि सरकार गम्भीर हुनुपर्ने उनको भनाई छ ।



    उनले भविष्यमा हुने विपद्‍बाट हुनसक्ने क्षतिको न्युनीकरण गर्न सरकारले समयमा नै आवश्यक पूर्वतयारी गर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार