Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ललितपुरमा जुवा–तास खेल्दै गरेका १० जना पक्राउ

काठमाडौं । जुवा–तास खेल्दै गरेको अवस्थामा ललितपुर प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका–१४ नक्खिपोटस्थित युनसान रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ७ महिला र ३ पुरुषलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुबाट १ लाख ३० हजार ४२० रुपैयाँ नगद बरामद भएको छ।

यसैगरी, कालीकोट, खाँडाचक्र नगरपालिका–३ ताडी बजार बस्ने ३९ वर्षीय जगप्रसाद पाण्डेको घरमा जुवातास खेलिरहेको अवस्थामा पाण्डेसमेत ६ जनालाई पक्राउ गरिएको छ।

उनीहरुबाट ३४ हजार १४० रुपैयाँ नगद बरामद गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट विभिन्न किसिमका पटाका बरामद गरिएको छ।

नेपालगञ्ज र बुटवलबाट काठमाडौं आएका बसमा निरीक्षण गर्दा विभिन्न प्रकारका पटाका बरामद गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077